Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

अनेरास्ववियू क्रान्तिकारीको नयाँ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी

Tuesday, August 29, 2017 National Power

१३ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मंगलबार बेलुकासम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भएको छ । सोमबार दर्ता भएको मनोनयनमा मंगलबार बिहान ११ बजेसम्ममा नामावली फिर्ता, त्यसपछि दाबी विरोधको लागि समय दिने र बेलुकासम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वको लागि भोलि मात्रै मतदान हुने भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन ।
मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । ३३ पदाधिकारीसहित २ सय ४३ पदका लागि झण्डै ३ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार सक्ने योजनाका साथ क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन गएको बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन सकिएको थिएन ।सो सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी रहने जनाएको छ।