Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

घर नजिकैको सडकको नालीमा एक युवक मृत अवस्थामा भेटिए

Monday, August 28, 2017 National Power


१२ भदौ, महेन्द्रनगर – कञ्चनपुर पुनर्वास नगरपालिका– ९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरीले घर नजिकैको सडकको नालीमा सार्कीको शव भेटिएको र मृतकको नाक र मुखबाट रगत बगेको अवस्थामा भेटिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।