Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

उपाध्यक्षद्वारा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट

Monday, August 28, 2017 National Power


१२ भदौ, हुम्ला – जिल्लाको उतरी चीनको तिब्तसँग जोडिएको हिल्सा नाकामा अव्यवस्थित सिमाना प्रहरी चौकीका इन्चार्ज नील बहादुर लामामाथि नाम्खा गाउँपालिकाका उपाध्यक्षले कुटपिट गरेका छन्। जिल्लाको आधिकारिक पत्रविना कैलाश मानसरवर तीर्थयात्रीबाट स्थानीय कर नउठाउन नाम्खा गाउँपालिका उपाध्यक्ष पेमाल लामालाई अनुरोध गर्दा उल्टै आफ्नै घरमा बोलाएर कुटपिट गरेको प्रहरी इन्चार्ज निल बहादुर लामाले बताए। हुम्लाको सिमकोटबाट मानसरवर कैलाश दर्शन गर्न जाने स्वदेशी विदेशी पर्यटकबाट नाम्खा गाउँपालिकाले भारतीय पर्यटकबाट प्रतिव्यक्ति १ हजार, अन्य पर्यटकलाई १ हजार ५ सय र प्रतिफिस्टेल एरअर हेलिकोप्टरबाट ५ सयका दरले कर उठाउएको प्रहरी इन्चार्ज लामाले बताए। केही दिन अगाडि चार बोरा पीठो नदिएको भन्दै काला तमाङमाथि परेको उजुरीमाथि छलफल गर्नुपर्ने भन्दै आफूलाई गाउँपालिका उपाध्यक्ष लामाले आफ्नै घरमा बोलाएपछि एक्कासि आफ्नो जस्तो निर्णय नगरेको भन्दै लामा र उनकी श्रीमतीसहित अज्ञात व्यक्तिले ढुंगाले टाउकामाथि हिर्काउनुको साथै आफूलाई मार्ने योजना बनाएको इन्चार्ज लामाले बताएका छन्। कुटपिट गर्ने उपाध्यक्ष लामालाई जिल्लाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरीले आवश्यक छानबिन गरी मुद्दा चलान गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।