Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

श्रीमती र छोरी बेच्ने पक्राउ

Sunday, August 27, 2017 National Power

११ भदौ, दोलखा – प्रहरीले आफ्नै श्रीमती १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई पक्राउ गरेको छ ।

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोही स्थानमा बिक्री गरेको स्वीकार गरेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी एक महिलालाई ललाइफकाइ भारतको नयाँदिल्ली पु¥याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले नुवाकोट जिल्ला खरानीटार–५ का निरकुमार नेपालीलाई पक्राउ गरेको हो । पक्राउपछि नेपालीलाई सोधपुछ गर्दा आफूले हालसम्म दुईजना महिलालाई बेचिसकेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।ती महिलालाई निरकुमारले बिहे गरेर राम्रोसँग काठमाडौँमा राख्ने र भविष्य राम्रो बनाइदिने भन्दै ललाइफकाइ गरी दिल्ली पु¥याएर दिल्लीस्थित मजनुकातिला भन्ने स्थानमा बस्ने नेपाली भाषी लक्ष्मी तामाङसँग भारु १ लाख ३५ हजारमा बिक्री गरेको उनले बयान दिएको प्रहरीले बताएको छ