Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

प्रम देउवा र भारतीय काँग्रेस अध्यक्ष गान्धीबीच भेटवार्ता

Friday, August 25, 2017 National Power

९ भदौ, नयाँदिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीबीच शुक्रबार भारतीय राष्ट्रपतिको कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा अध्यक्ष गान्धीले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका लागि प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गरिन् । उनले हालै नेपालको तराई भूभागमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई सशक्त र सुदृढ बनाउनका लागि जनस्तरको सम्बन्धलाई अझ विकसित गर्नुपर्नेमा जोड दिइन् ।