Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जिप दुर्घटनामा बेपत्ताको शव फेला

Friday, August 25, 2017 National Power

९ भदौ, जुम्ला – पातारासी गाउँपालिकाको डिल्लीचौर लोर्पा गाउँनजिक भएको जिप दुर्घटनाका बेपत्ता दत्त बुढाको शव फेला परेको छ ।

भे १ च २१४४ नंको महिन्द्रा जिप बुधबार दुर्घटना भई तिलानदीमा खस्दा उनी बेपत्ता भएका थिए । उनी बेपत्ता भएसँगै प्रहरी र स्थानीय समुदाय उद्धार कार्यमा खटिएपनि राति भएकाले उनलाई भेट्टाउन सकिएको थिएन । बिहीबार बिहानैदेखि भगवती दल गण, जुम्लाका गणपति सुशीलकुमार थापा र प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले गाडीभित्रै शव फेला पारेको हो ।

दुर्घटनास्थलको धेरै तलसम्म हेर्दा लास कतै नभेटिएपछि गाडी निकाल्न खोज्दा त्यसभित्रै च्यापिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । दुर्घटित जिप सडकबाट २०० मिटर तल तिलानदीमा खसेको थियो । उक्त सडकमा गाडी चलाउन कुनै रुट पर्मिट नदिइएको जनाइएको छ ।