Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिने एजेन्ट रंगेहात पक्राउ

Wednesday, August 23, 2017 National Power

७ भदौ, काठमाडौं – वैदेशिक रोजगारीका लागि कतार जाने कामदारसँग लागतभन्दा बढी रकम असुल्ने एजेन्टलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ ।
कामदारसँग १ लाख २० हजार रुपैयाँ लिने निड इम्प्लोइमेन्ट सर्भिसकी एजेन्ट सुमिना गुरुङलाई मेनपावर एजेन्सीबाटै रंगेहात पक्राउ गरिएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।“पक्राउ परेकालाई विभागले ऐनअनुसार कारबाही अघि बढाउने छ ।” प्रवक्ता अधिकारीले भने, “अहिले कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।”

मेनपावर एजेन्सीले कामदारसँग सेवा शुल्कवापत् बढीमा १० हजार रुपैयाँ लिन पाउने प्रावधान छ भने यसअघि बढी रकम असुल्ने वाइड स्पेस म्यानपावर कम्पनीका लेखापाल अनिता प्रधानलाई विभागले रंगेहात पक्राउ गरी कारबाही गरेको थियो ।वैदेशिक रोजगारमा जानु अघि सरकारले तोकेको सेवा शुल्क र अनुमतीसम्बन्धी व्यवस्था हेरेर मात्र विदेश जान विभागले अनुरोध गरेको छ । आफू अन्यायमा परेको र म्यानपावरले बढी रकम असुल्न लागेको थाहा पाउने बित्तिकै विभागमा जानकारी गराएर मात्र काम अघि बढाउने विभागका निर्देशक मोहन अधिकारीले आग्रह गरेका छन् ।