६ भाद्र, काठमाडौँ – विगत लामो समय देखि रिले अनसनमा रहेका आंशिक प्रध्यापकहरुद्वारा त्रिभुवन विश्वविद्यालयका उपकुलपती सहित रेक्टर र रजिष्टारलाइ जनप्रशासन क्याम्पस बल्खुमा कार्यलय भित्रै बन्धक बनाएका छन् ।
आज उपकुलपतीको कार्यालयमा विश्वविद्यालयको वैठक हुने तय थियो । तर उपकुलपती कार्यालयको गेटमा अनसनमा रहेका प्रध्यापकहरुले कार्यालय प्रवेश गर्न नदिएपछि उक्त वैठक जनप्रशासन क्याम्पस बल्खुमा सारिएको थियो । आज दिउँसो सोही क्याम्पसमा वैठक वसिरहेका बेला आंशिक प्राध्यापकहरुले क्याम्पस भित्रै बन्धक बनाएका हुन् ।
आंशिक प्राध्यपकहरुको मागमा विश्वविद्यालयका पदाधिकारीहरुवीच एक अर्कालाइनै दोषी देखाइ उम्कने प्रयास गरिरहेको बताइएको छ । अहिले क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरीको तैनाथी भएको छ ।