Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

करेण्ट लागेर एकको मृत्यु, तीन गम्भीर घाइते

Tuesday, August 22, 2017 National Power

६ भदौ, झापा/डडेल्धुरा– झापाको गौरीगञ्जमा करेण्ट लागेर एकै परिवारका तीन जना गम्भीर घाइते भएका छन्। करेण्ट लागेर गौरीगञ्ज–१ स्थित कुञ्जिबारीका ५५ वर्षीय चन्द्र काफ्ले, श्रीमती ४७ वर्षीया राधिका र छोरी २४ वर्षीया धमना रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। गएराति घरमा बसिरहेका बेला ‘मेन लाइन’को तार चुँडिदा उनीहरुलाई ‘हाई भोल्टेज’को करेण्ट लागेको थियो। गम्भीर अवस्थाका उनीहरूको उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरीले जनाएको छ।

उता डडेल्धुराको परशुराम नगरपालिकामा करेण्ट लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ। कैलालीको हसुलिया गाउँपालिका घर भएका ३५ वर्षीय सुन्दर चौधरीको ज्यान गएको हो। नेपाली सेनाको क्याम्प निर्माण गर्ने क्रममा करेण्ट लागेर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। चौधरीको शव अहिले पोष्टमार्टमको लागि जोगबुडा अस्पतालमा राखिएको छ।