Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

राष्ट्रपतिको एक महिनाको तलव बाढीपीडितलाई

Monday, August 21, 2017 National Power

५ भदौ, काठमाडौं – राष्ट्रपति बिद्यादेवी भण्डारीले एक महिनाको तलव बराबरको रकम मधेसका बाढीपीडितका लागि उपलब्ध गराउने भएकी छन् । अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएकाले ती क्षेत्रहरुमा राहत, उद्धार र पुनःस्थापनाका लागि राष्ट्रपतिको एक महिनाको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै राष्ट्रपतिका बिज्ञहरुको सात दिन बराबरको तलव, स्वकिय सचिवसमेत सचिवहरुको पाँच दिनको, सहसचिवको ३, उपसचिव र शाखा अधिकृतको २ तथा सहायक स्तरका सबै कर्मचारीको एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री कोषमा जम्मा हुने गरी छुट्याइएको छ ।