Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

राष्ट्रपतिको एक महिनाको तलव बाढीपीडितलाई

Monday, August 21, 2017 National Power

५ भदौ, काठमाडौं – राष्ट्रपति बिद्यादेवी भण्डारीले एक महिनाको तलव बराबरको रकम मधेसका बाढीपीडितका लागि उपलब्ध गराउने भएकी छन् । अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएकाले ती क्षेत्रहरुमा राहत, उद्धार र पुनःस्थापनाका लागि राष्ट्रपतिको एक महिनाको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै राष्ट्रपतिका बिज्ञहरुको सात दिन बराबरको तलव, स्वकिय सचिवसमेत सचिवहरुको पाँच दिनको, सहसचिवको ३, उपसचिव र शाखा अधिकृतको २ तथा सहायक स्तरका सबै कर्मचारीको एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री कोषमा जम्मा हुने गरी छुट्याइएको छ ।