५ भदौ, काठमाण्डौँ – सरकारले आगामी मंसिर १० गते संघिय संसद र प्रतिनिधीसभाको चुनाव एकै दिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सरकारले प्रमुख दलहरुको सुझावमा एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।