Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

यस वर्षको तीज म्यूजिक अवार्ड सम्पन्न, संचारकर्मी गीता अधिकारीलाई छाँयाछवी रंग पत्रकारिता सम्मान

Monday, August 21, 2017 National Power

टीका उत्कृष्ट तीज गायिका र माइतीघर उत्कृष्ट तीज गीत 

काठमाडौं  –  छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा गायिका टीका पुन उत्कृष्ट तीज गायिका बन्न सफल भइन् भने पूर्णकला बिसीको माइतीघर उत्कृष्ट तीज गीत बन्न सफल भयो । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा नदी तिरैमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने सोही गीतबाट सञ्जय श्रीपाल उत्कृष्ट तीज गीत मिक्सिङको अवार्ड चुम्न सफल भए ।

त्यस्तै माइतीघरबाटै विनोद बाजुराली एरेन्जर, विक्रम चौहान उत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए भने आशिष म्यूजिक उत्कृष्ट म्यूजिक कम्पनी घोषित भयो । तीज म्यूजिक अवार्डको अवसर पारेर वरिष्ठ गायिका एवं संकलक चन्द्रकला शाहलाई छायाँछवि तीज संगीत स्रष्टा सम्मान २०७४ बाट सम्मानित गरियो । शाहलाई ११ हजार १ सय ११ रुपैयाँको नगद राशिसहित सम्मान गरिएको थियो । त्यस्तै पत्रकार गीता अधिकारीलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । उनलाई ५ हजार ५ सय ५५ राशिसहित सम्मान प्रदान गरिएको थियो ।पत्रकार अधिकारीले आफुले प्राप्त गरेको पुरस्कार राशी मोरङका वाढी पिंडितलाई सहयोग गर्ने भएकी छन् ।

कार्यक्रममा श्रीराज इन्टरटेनमेन्टको तर्फबाट नारायण ढकालको समूहले नृत्य प्रस्तुत गरेको थियो भने नारायण रिजालको समूहले पनि नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको थियो । त्यसैगरी गायिका टीका पुन, टीका प्रसाई र राधिका हमालले गायन प्रस्तुत गरेका थिए । संचारकर्मी दीपज्योती थापाले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै अवार्डका अध्यक्ष शान्तिप्रियले तीजलाई हिन्दू महिलाहरुको महत्वपूर्ण चाड बनाउँदै मौलिकतासहितको तीजको संस्कार निर्माण गर्नुपर्ने ।

 

-NPN- 2017