Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज चुनाव हुदै

Monday, August 21, 2017 National Power

 

५ भदौ, काठमाडौं – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि सोमबार चुनाव हुँदैछ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौंमा सुरु भएको २५ औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

नयाँ कार्यसमितिका लागि सोमबार बिहान ९ बजेदेखि मतदान हुनेछ । त्यसका लागि आइतबार नै उम्मेदवारी दर्ता भइसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोखरेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबिच प्रतिस्पर्धा हुने भएको छ ।महिला सचिव लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष समावेशी एक पदका लागि दिलिप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ । महासंघको चुनावका लागि देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि काठमाण्डौं आएका छन् ।