Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

कर्णाली राजमार्गमा पहिरो खस्दा एकको मृत्यु

Sunday, August 20, 2017 National Power

४ भदौ, कालिकोट – कर्णाली राजमार्गअन्तर्गत कालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा शनिबार एक जनाको मृत्यु भएको छ। दैलेख चामुण्डा गाउँपालिका घर भई कालिकोटमा व्यापार गर्ने जगत शाहीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ । शनिबारदेखि पहिरो गएका कारणले राजमार्ग बन्द रहेको र सो राजमार्ग अवरुद्ध हुदाँ सयौं यात्रु बाटोमा अलपत्र परेका छन्।