Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

एमाले नेता नेपाल उत्तर कोरियाबाट फर्किए

Sunday, August 20, 2017 National Power


४ भदौ, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन् ।

उत्तर कोरियाको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखे ।उनले क्षेत्र निर्धारणको नाममा अनावश्यक रुपमा जिल्लाहरु टुक्र्याउने काम गर्न नहुने तर्फ पनि सचेत गराए ।नेता नेपालले बाढी प्रभावित जिल्लामा तत्काल पर्याप्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दै सबैलाई सहयोग गर्न आह्वान गरे । शान्ति सम्बन्धी सम्मेनलमा भाग लिन नेता नेपाल उत्तर कोरिया गएका हुन् ।

मानवअधिकार प्रत्याभुति लगायत सवालमा उत्तर कोरियाको राष्ट्रसंघका सदस्य राष्ट्रसंग सम्बन्ध राम्रो नभईरहेको समयमा संयुक्त राष्ट्रसंघको सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्री समेत भइसकेका नेता नेपाल कोरिया भ्रमणमा जान नहुने भन्दै आलोचना हुँदै आएको थियो । शान्ति सम्बन्धी सम्मेलनमा नेपालबाट नेता नेपालसँगै सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा र एकनाथ ढकाल पनि सहभागी थिए ।