Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

मोरङ – सुनसरी सिँचाइ आयोजनामा रु ८० करोडको क्षति

Saturday, August 19, 2017 National Power

३ भदौ , मोरङ –  केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ – सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ ।

उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए अझै कति क्षति हुन्थ्यो होला कसैले यकिन गर्नै सक्दैनथ्यो । नहरको मुहानै थुनिए पनि धेरै ठाउँका गाउँलेले नहर काटेर बाढीको पानी हालेपछि क्षति बढी भएको हो ।

कुल ६० क्युमेक्स पानी बग्नसक्ने क्षमताको मुख्य नहरमा पानी बढी भएपछि लोहोन्द्रा खोलाको १५३ मिटर लामो पुल नै भत्काइदिएको हो ।

आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठकाले पुल बनाउन कम्तीमा रु ४१ करोड लाग्छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक अध्ययन गर्दा रु ८० करोडको क्षति भएको अनुमान गरेका छौ” । सबै क्षतिको विवरण आएपछि मूल्य बढ्न सक्छ, ।

आयोजना प्रमुख श्रेष्ठकाअनुसार सुनसरीको चतरादेखि मोरङको केरौनासम्म गरी मुख्य नहर ५३ किलोमिटर लामो छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्द्रा खोला र मुख्य नहरको भेट हुन्छ । त्यही स्थानमा १५३ मिटर ‘साइफन’ छ । बाढीले साइफन र मास्तिर खोलाको पुल भत्काएका कारण क्षति ठूलो देखिएको हो ।

यसरी विभिन्न १७ ठाउँमा मुख्य नहर काटेर बाढी र खोल्साखोल्सीको पानी नहरमा मिसाएपछि ठूलो क्षति भएको हो ।
‘धानवालीमा पानी चाहिन्छ , उहाँले भन्नुभयो, ‘यसका लागि भदौ २२ गतेभित्र पानी छाड्ने तयारीमा छौँ । अस्थायी मर्मत भइरहेको छ ।’

आयोजनाको एक मुख्य र २२ शाखा नहरबाट दुई जिल्लामा ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुन्छ । लोहन्द्रामा मुख्य नहर नै फुटेपछि १२ हजार ३६५ हेक्टर क्षेत्र नहरको सिँचाइबाट वञ्चित भएको छ । अब कुल ५५ हजार ६३५ हेक्टरमा मात्र सिँचाइ सम्भव भएको श्रेष्ठको भनाइ छ ।

-NPN