Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

महान्यायाधीवक्तामा भण्डारी नियुक्त

Friday, August 18, 2017 National Power

२ भदौ, काठमाडौं – महान्यायाधीवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएकी हुन् । त्यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी थिइन् ।

काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधीवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भण्डारीले शुक्रबार कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।