Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

डेङ्गु ज्वरोबाट चार महिलासहित १२ जना प्रभावित

Friday, August 18, 2017 National Power

२ भदौ, वीरगञ्ज – पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने पर्सा कटिबलुवाका १८ वर्षिय ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका ३५ वर्षीय रसिद आलम, ७२ वर्षीय कमल पटेल, २७ वर्षीय असलम, विराटनगरका १८ वर्षीय मन्सा साह, लालबन्दीका १५ वर्षीय अरुणकुमार साह र वीरगञ्ज नगवाका सात वर्षीय हरिनारायण चौधरी रहेका छन् ।

सो रोगबाट प्रभावितको नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल, भवानी अस्पताल, नेशनल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्था उपचार भइरहेको जनस्वास्थ्य अधिकृत राजकिशोर प्रसादले जानकारी दिए। रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज–१ देखि १९ सम्म वडामा लामखुट्टेको बासस्थान खोजी सो रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालनमा ल्याएको छ ।