Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

डोटीमा बाढीपीडितका लागि राहत संकलन

Thursday, August 17, 2017 National Power

१ भदौ, काठमाडौं – तराईका बाढीपिडितहरुलाई राहत होस् भन्ने उद्देश्यका साथ बुधवार डोटीमा सुरु भएको राहात संकलन अभियानमा ९५ हजार ६३ रुपैयाँ संकलन भएको छ ।

नेपाल पत्रकार महासंघ डोटी शाखा, डोटी उद्योग वाणिज्य संघ, शैलेश्वरी सार्वजनिक यातायात व्यवसायी समिति डोटी र हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा गरिएको सो अभियानमा एक सय ५१ जनाले सहयोग दिएका छन । राहत संकलन अभियान बिहीबार पनि जारी रहने नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव मोहन शाहीले जानकारी दिए।