Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

कुहिएको चामलको भात खान कारागारका कैदीबन्दी बाध्य

Thursday, August 17, 2017 National Power

१ भदौ, कैलाली – कुहिएको चामलको भात खान बाध्य भएको जिल्ला कारागार कैलालीका कैदीबन्दीले बताएका छन् । नेपाल खाद्य संस्थान धनगढीबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो ।

संस्थानबाट कारागार लगिएको चामल कुहिएर कालो भई खानै नमिल्ने भएपनि आफूहरुलाई त्यही चामल वितरण भइरहेको कैदीबन्दीले बताएका छन् ।

उनीहरुले कुहिएको चामलको गुनासो पटक पटक गर्दा समेत कुनै सुनुवाई नभएको आरोप लगाएका छन् । क्षमताभन्दा चार गुणा बढी राखिएका जिल्ला कारागार कैलालीका कैदीबन्दीले आफूहरुका लागि कुहिएको चामल वितरण भइरहेको भन्दै कैदीबन्दीले बिरोध पनि गरेका हुन् ।

नेपाल खाद्य संस्थान धनगढीबाट ल्याएर अहिले खाँदै गरेको चामल बोरामै चिल्सा परेको, भिजेर डल्लो परेको र सडेर कालो भइसकेको एकजना कैदीबन्दीले बताए । संस्थानले सडेको चामल बिक्री गरिरहँदा समेत सम्बन्धित निकायले कुनै चासो नलिएर आफूहरुको स्वास्थ्यमा खेलवाड गरिरहेको आरोप लगाएका छन् ।