१ भदौ, काठमाडौं – सरकारले बाढी पहिरो प्रभावितका लागि क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ । केन्द्रीय दैवीप्रकोप उद्धार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पुनर्स्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेको त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।
शहरी विकास मन्त्रालयमा शहरी विकासमन्त्री प्रभु साहको अध्यक्षतामा बुधबार बसेको उपसमितिको बैठकले सुनसरीको इनरुवा शाखामा भएका ४४ हजार ८०० त्रिपाल तथा टेन्टमध्ये झापामा तीन हजार, मोरङमा १० हजार, सुनसरी र सप्तरीमा ६र६ हजार, सिराहामा चार हजार, धनुषा र महोत्तरीमा पाँचरपाँच हजार त्रिपाल पठाउने निर्णय उपसमितिले गरेको छ ।