Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

झापामा एकको मृत्यु, चारजना बेपत्ता

Wednesday, August 16, 2017 National Power


३२ साउन, झापा – झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो ।

यो सँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ ।

जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२४ परिवार प्रभावित भएका छन् भने दुई हजार ४४४ परिवार विस्थापित भएका छन् । यहाँका १२१ घर पूर्णरुपमा क्षति भएको रेडक्रस झापाले पछिल्लो विवरणअनुसार जनाएको छ । हालसम्म बाढीपीडितलाई केही त्रिपाल, कम्बल, झुल, म्याट र भाँडावर्तन उपलब्ध गराइएको रेडक्रस झापाका अभिषेक पोखरेलले जानकारी दिए ।