Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

आज एन्फाको बैठक बस्दै

Wednesday, August 16, 2017 National Power


३२ साउन, काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए ।
एन्फाको लापरवाहीका कारण एएफसी कप प्ले–अफमा थ्रीस्टार क्लबले खेल्न नपाएकोमा उसलाई क्षतिपूर्ति दिने र दोषी ठहरिएकालाई कारवाही गर्ने विषयमा विवाद भएपछि गएको साउन १२ गतेको बैठक स्थगित भएको थियो । बुधबारको बैठक पनि यहि विषयमा केन्द्रित हुने तुलाधरले बताए । बैठकमा महिला फुटबल कार्यक्रम तथा प्रतियोगिता, १५ वर्षमुनिको साफ महिला फुटबल प्रतियोगितामा सहभागिता, एएफसीको रोडम्याप अनुसार संघो विधान संशोधन तथा विशेष साधारण सभा, ए डिभिजन लिग संचालन लगायत विषयमा पनि बैठकमा छलफल हुने एन्फाले जनाएको छ ।