३२ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
देउवाले निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । लगतै सर्बदलीय बैठक राखिएको छ । बैठकमा प्रदेश र संसदको चुनावबारेमा छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले भोलि भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गरेको छ ।