राधा तिवारी र गोपाल तिवारीको संयूक्त स्वरमा यस वर्षको तीज आएनन् माईती वोलको गीतलाई वजारमा लिएर आएका छन् ।
तीजमा माईतीवाट भाईलिन नआएपछि दिदिको विलौनालाई समेटेर राजेश तिमल्सिनाले शव्द रचना गरेको गीतलाई पवन लामाले संगीत भरेका छन् ।
मिडिया टपले वजारमा ल्याएको उक्त गीतलाई रोशन तिमल्सिनाले गरेका छन् भने श्रीकृष्ण फँयालको छायाकंन र शक्ति प्रज्वल घिमिरे सम्पादन गरेका छन् ।
गीतमा सुरवीर पण्डित, रंजीता गुरुङ, सानुकाजी थापा, अनुष्का भण्डारी लगाएतले अभिनय गरेका छन् ।