Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

ग्याँस लिक भएर आगलागी हुँदा पाँच पसल जले, ३० लाख बराबरको क्षति

Tuesday, August 15, 2017 National Power

३१ साउन, बनेपा – बनेपा नगरपालिकाको नालादोबाटोमा रहेका ५ पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । इन्द्रेणी खाजा घरमा ग्यास लिक भएर लागेको आगोले ५ पसलमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
आगलागीबाट कुमार श्रेष्ठको इन्द्रेणी खाजा घर, प्रज्वल परियारको सम्झना कलेक्सन कपडा पसल र जयराम मण्डलको न्यू फेन्सी टेलर्समा पूर्ण रुपमा क्षति भएको छ । यस्तै एभरग्रिन होटल र जुजुभाई पोटेको घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
अहिले आगो नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ भने आगो नियन्त्रणमा भक्तपुरबाट दमकल आएको थियो भने प्रहरी र स्थानीयले आगो निभाउन सहयोग गरेका थिए ।