Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

ग्याँस लिक भएर आगलागी हुँदा पाँच पसल जले, ३० लाख बराबरको क्षति

Tuesday, August 15, 2017 National Power

३१ साउन, बनेपा – बनेपा नगरपालिकाको नालादोबाटोमा रहेका ५ पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । इन्द्रेणी खाजा घरमा ग्यास लिक भएर लागेको आगोले ५ पसलमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
आगलागीबाट कुमार श्रेष्ठको इन्द्रेणी खाजा घर, प्रज्वल परियारको सम्झना कलेक्सन कपडा पसल र जयराम मण्डलको न्यू फेन्सी टेलर्समा पूर्ण रुपमा क्षति भएको छ । यस्तै एभरग्रिन होटल र जुजुभाई पोटेको घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
अहिले आगो नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ भने आगो नियन्त्रणमा भक्तपुरबाट दमकल आएको थियो भने प्रहरी र स्थानीयले आगो निभाउन सहयोग गरेका थिए ।