Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

गायक सेखरको हुक्का रे बोलको गीत युट्युब मार्फत् सार्वजनिक

Tuesday, August 15, 2017 National Power

काठमाण्डौ – पूर्वका गायक सेखर बगडिया हुक्का रे भन्दै आएका छन् । उनको आफ्नै शब्द र स्वरमा सजिएको हुक्का रे‘ सार्वजनिक भएको छ । गीतलाई युट्युबमा मार्फत सार्वजनिक गरिएको हो ।
चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका सङ्गीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । गीतको भिडियोमा कोरियोग्राफी सुनिल छेत्री एवम् नेपाली ठिटो समुहको छ भने निशा जोशी, शुस्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम नेपाली ठिटो समुहको अभिनय रहेको छ ।
पप र र्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत सङ्गीतमा बिल्कुल नयाँ प्रयोग गरिएको र युवा पुस्तालाई मध्यनजर गरी बनाइएको भिडियो रमाइलो बनेकोछ । भिडियोलाई मुर्त रुप दिन छांयाकार अर्जुन तिवारीले अत्यन्त मेहनत गरेका छन भने सम्पादकमा भरत रेग्मीले कुशल सम्पादन गरेका छन ।


मारवाडी समुदायका गायक शेखरले यस अघी ‘नक्कली मोरी‘’ ‘गरिमा गरिमा‘’ लगायतका दर्जनौ गीत गाइसकेका छन । गरिमा गरिमा बोलको गीत एकताका धेरै चर्चित रहेको थियो । त्यस गीतमा शेखरका अलावा सुगम पोखरेल, नवीन के भट्टराइ, मोहन भुसाललगायतका गायक गयिकाले गयिकाको स्वर रहेको थियो भने कलाकार राजेश हमाल, झरना थापा, सुशिल छेत्री, मह जोडी, बिजय लामा, निरुता सिंहलगायतका दर्जनौ कलाकारले अभिनय गरेका थिए ।