Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

पत्रकार महासंघको अध्यक्षका लागि तीनजनाको उम्मेदवारी

Tuesday, August 15, 2017 National Power

३१ साउन, काठमाडौं – नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा अध्यक्षका लागि तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासंघका वर्तमान महासचिव उजिर मगर र माओवादीनिकट प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।

कोइरालालाई एमाले निकट प्रेस चौतारीले समर्थन गरेको छ । यस्तै कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा आचार्यले उम्मेदवारी घोषणा गरेका हुन । आचार्यलाई चुनौती दिनेगरी प्रेस सेन्टरबाटै मगरले पनि उम्मेदवारी घोषणा गरेका हुन ।

मगर यसअघि प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनबाट महासचिव बनेका थिए । यसपटक पनि चौतारी र सेन्टरको गठबन्धन कायमै राख्ने प्रयास भएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार सेन्टरले युनियनसँग तालमेल गरेको हो । पत्रकार महासंघको २५ औं महाधिवेशन आउँदो भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ ।