Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

Tuesday, August 15, 2017 National Power


३१ साउन, बैतडी – बैतडी जिल्लाका चार स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। ती चार स्थानहरुमा डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन्। विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भएपनि चार स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए। पहिरोको हिसाबले डिलाशैनीको बांगाबगर र रुद्रेश्वर उच्च जोखिममा छ भने दोगडाकेदारको सित्तड र न्वाली पनि उच्च जोखिममा रहेका छन्। यसैगरी, पुरचौंडी नगरपालिकाको मल्लादेही र मेलौली नगरपालिकाको विशालपुर पहिरोको उच्च जोखिममा रहेका छन्। ती ठाउँमा वर्षौंदेखि पहिरो खसिरहेकाले पहिरो रोकथामका लागि जिल्लास्तरबाट खासै पहल गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।