Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

सरकारद्धारा बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको प्रयास हुँदै

Monday, August 14, 2017 National Power

३० साउन, काठमाडौं – सरकारले बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि प्रयास भइरहेको जनाएको छ । बाढी प्रभावित जिल्लामा हेलिकप्टर मार्फत खाद्यान्न पठाउने तयारी भएको छ । मौसम धुम्मिएकाले सुधार हुनासाथ सेनाको हेलिकोप्टरबाट खाद्यान्न पठाइने गृह मन्त्रालयले जनाएको छ ।
खाद्यान्न ढुवानीका लागि हेटौंडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खाद्यान्न समेत लोड भइसकेको छ । मौसम खुल्नासाथ उडान थाल्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

यस्तै स्थलगत जान सकिने ठाउँमा स्थलमार्ग हुँदैपनि खाद्य सामग्री पुर्‍याउन थालिएको उनले जानकारी दिए । बाढी पहिरोका कारण कम्तिमा पनि ६६ जनाको ज्यान गएको पुष्टि भएको छ । ५३ जना बेपत्ता भएका छन् ।यसैबिच प्रधाननमन्त्री शेरबहादुर देउवासहित उच्च पदाधिकारीको टोली पनि सोमबार बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदैछ । मौसम खुल्नासाथ प्रभावित क्षेत्रको निरीक्षणमा निस्कने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।