Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सिद्दनाथ विज्ञान क्याम्पसका एक विद्यार्थीको घाँटी रेटेर हत्या

Saturday, August 12, 2017 National Power

२८ साउन, महेन्द्रनगर – महेन्द्रनगरको सिद्दनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको होस्टेलभित्रै हत्या भएको छ । स्नातक तह चौथो वर्षमा पढने बझाङ्गको सैनामबसेला गाउँपालिका २३ वर्षका डम्बरबहादुर जाग्रीको शनिबार बिहान क्याम्पसको होस्टेलभित्र हत्या भएको हो ।

बिहान क्याम्पस बाहिरको गेटमा चुरोट खाएर होस्टेल फर्किएका उनको केही समयपछि हत्या भएको खबर आएको स्थानीय बासिन्दाले बताएका छन् । होस्टेलको तल्लो तलाको स्टोर कोठामा घाँटी काटिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा चक्कु फेला परेको छ ।

बझाङ्ग घर भएका जाग्री गएको ४ वर्षदेखि सिद्दनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका थिए । उनी होस्टेलभित्र खानाको मेस समेत सञ्चालन गर्दै आएका थिए । जाग्रीको होस्टेलभित्रैका कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकोे छ । सिद्दनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष जाग्रीलाई चारदिन अघि बसेको बैठकबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक जिम्मेवारी पनि दिइएको थियो ।