२७ साउन, म्याग्दी – बंगलादेशमा च्याम्पियन बन्दै म्याग्दीका चार कराँते खेलाडीले कराँतेमा स्वर्ण पदक जितेका छन् ।
सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका हुन् ।
म्याग्दीमा विद्यालयमा प्रशिक्षणसहित अभ्यास गरेरसमेत राष्ट्रिय तथा सार्कस्तरीय खेलमा उपाधि जितेका बुढाले विदेशमा खेलेको सीपलाई व्यक्तिगत लगानीमा समेत नियमित गर्नुपर्ने बताएका छन् ।
प्रतियोगितामा सहभागी हुन पुगेका बूढाले ६७ केजी, गौरव घर्तीले ६०, प्रज्वल शेरचनले ५० र मार्सल गर्बुजाले ३५ केजी तौल समूहका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । “सार्कस्तरीय कराँतेमा नेपालका खेलाडीलाई बलियो दाबेदार मानिन्छ । खेलाडीलाई समेत राम्रो सम्मान हुन्छ”, बुढाले भने ।
गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलस्तरीय कराँते खेलका सर्वोत्कृष्ट खेलाडीसमेत घोषित बुढाले विदेशी खेलाडीसँग खेल्नेक्रममा सिकेको सीपलाई आफूले समेत प्रशिक्षणमा प्रयोग गर्ने बताए ।
“खेलमा सहभागीचारजना खेलाडीले स्वर्णपदक जित्नुलाई जिल्लाको ठूलो उपलब्धिका रुपमा लिएको छु”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले हामीलाई वताए