Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

हालसालै बनाएर तयार भएको नयाँ पुल बगाएपछि स्थानीय बासिन्दा आक्रोशित

Friday, August 11, 2017 National Power

२७ साउन, काठमाडौं – काठमाडौंको मध्यभागबाट बग्ने विष्णुमती नदीमा पानीको बहाव बढ्दा नयाँ पुल भाँचिएर बगाएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ को बिचबाट बग्ने विष्णुमती नदीमाथि नरदेवी, ताम्सीपाखा र डल्लु जोडिने हालसालै बनाएर तयार भएको नयाँ पुल बगाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । भर्खर बनाउन सकिएको र उद्घाटनै हुन बाँकी रहेको पुल बगाएपछि सरकारी निकायका कामप्रति स्थानीय जनप्रतिनिधिले पनि आक्रोश व्यक्त गरे । वडा नम्बर १५ का वडाध्यक्ष इश्वर मान डंगोलले आफूहरुलाई कुनै जानकारी नै नदिई बनाइएको र बगाएको अवस्थामा जिम्मेवारी लिन कोही नआएकोमा आक्रोश पोखे ।

स्थानीय बासिन्दा विपिन कपालीले पुल बनाउँदा बनाउँदै छोटो भएपछि पुनः जोडेर जोडेर बनाएको बताए । वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले पनि पुलबारे आफूहरुलाई कुनै जानकारी नदिइएकोमा आक्रोश पोखे । वडाध्यक्षद्वयलाई पुल कसले बनाउँदै गरेको भन्ने पनि जानकारी नभएको बताए ।