Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भारतीय विदेशमन्त्री स्वराज बिहीबार काठमाडौंमा

Thursday, August 10, 2017 National Power

२६ साउन, काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएका छन ।
उहाँ बिहीबार दिउँसो साढे एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएको विमानस्थल कार्यालयलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले जानकारी दिए । बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठक बिहीबार बेलुका ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले चलिरहेको सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्ने छ । बैठकमा सहभागी हुन सदस्य देशका विदेशमन्त्रीहरु बिहीबार दिउँसोसम्ममा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।