Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

भारतीय विदेशमन्त्री स्वराज बिहीबार काठमाडौंमा

Thursday, August 10, 2017 National Power

२६ साउन, काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएका छन ।
उहाँ बिहीबार दिउँसो साढे एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएको विमानस्थल कार्यालयलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले जानकारी दिए । बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठक बिहीबार बेलुका ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले चलिरहेको सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्ने छ । बैठकमा सहभागी हुन सदस्य देशका विदेशमन्त्रीहरु बिहीबार दिउँसोसम्ममा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।