२६ साउन, काठमाडौं – आन्दोलनरत पेट्रोलियम व्यवसायीसँग सरकार बिहीबार वार्ता गर्दैछ । दिउँसो १ बजे आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री र सचिवसहित नेपाल आयल निगमका पदधिकारीले पेट्रोलियम व्यवसायीसँग वार्ता गर्न लागेका हुन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलको ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानी आयल निगमले व्यहोर्नुपर्ने माग गर्दै आएको छ ।
एसोसिएसनले माग सम्बोधन नगरे पेट्रोल बिक्री रोक्ने चेतावनी दिएपछि वार्ता हुन लागेको हो । तर निगमले भने बुधबार आवश्यक पर्ने पेट्रोल बजारमा पठाइसकेकाले कुनै समस्या नहुने जनाएको छ ।