Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मन्त्रालय अन्तर्गत संस्थानका कार्यालयलाई सुविस्ता हुने गरी काम गर्न आपूर्तिमन्त्रीको निर्देशन

Thursday, August 10, 2017 National Power

२६ साउन, काठमाडौं – आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालय अन्तर्गतका संस्थानका डिपो तथा कार्यालयलाई जनतालाई सुविस्ता हुने गरी काम गर्न निर्देशन दिएका छन ।

विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको अञ्चल कार्यालयको बुधबार अनुगमनपछि अत्यावश्यकीय वस्तुको सहज आपूर्ति र गुणस्तर कायम गर्न निर्देशन दिएका हुन ।

उनले भने, “उपभोग्य वस्तुको सहज आपूर्ति र गुणस्तरीयताका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुहोला, जनतालाई सेवा दिन स्थापना भएका कार्यालयबाट नै नागरिकले सेवा नपाएको गुनासो नआओस् ।”अनुगमनका क्रममा उनले गलत काम गर्नेलाई कुनै पनि हालतमा कारबाही गर्ने दृढता व्यक्त गरे । राम्रो काम गर्दा केही समस्या आए त्यसको नैतिक जिम्मेवारी आफूले लिने वचनबद्धता प्रकट गरेको मन्त्री मण्डलको निजी सचिवालयले जनाएको छ ।