Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मालपोतको राजश्व एक अर्ब ८८ करोड

Wednesday, August 9, 2017 National Power

२५ साउन, चितवन –  जिल्लाका चारवटा मालपोत कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा रु एक अर्ब ८८ करोड ४९ लाख ९६ हजार राजश्व संकलन गरेका छन् ।


भरतपुर, चनौली, माडी र खैरहनीस्थित मालपोत कार्यालयले ५४ हजार २१६ थान लिखत रजिष्ट्रेशन गरेका थिए । भरतपुर बाहेक गत माघ १६ गतेबाट चनौली, माडी र खैरहनीमा मालपोत कार्यालय स्थापना गरिएको थियो । गत आवमा मालपोत कार्यालय भरतपुरले रु एक अर्ब ६२ करोड ९६ लाख ५५ राजश्व संकलन गरेको थियो । सोही अवधिमा ४४ हजार ८०७ लिखत रजिष्ट्रेशन भएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।

मालपोत कार्यालय खैरहनीले गत आवमा रु १४ करोड ६८ लाख १८ हजार राजश्व संकलन गरेको थियो भने तीन हजार ७५८ लिखत रजिष्ट्रेशन भएको थियो । मालपोत कार्यालय चनौलीले गत आवमा चार हजार ६३४ लिखत रजिष्ट्रेशन गरेको थियो भने रु नौ करोड ५१ लाख पाँच हजार राजश्व संकलन गरेको थियो ।

मालपोत कार्यालय माडीले गत आवमा एक हजार १७ लिखत रजिष्ट्रेशन गरी रु एक करोड ३३ लाख ७३ हजार राजश्व संकलन गरेको थियो भने भरतपुरले गत आवमा रु एक अर्ब १८ करोड ३९ लाख २० हजार राजश्व संकलन गरेको थियो । कार्यालयले सोही अवधिमा ४३ हजार १५० लिखत रजिष्ट्रेशन गरेको थियो । बसाइँ सराइ गरी आउनेको संख्या वर्षेनी बढेका कारण घरजग्गा रजिष्ट्रेशनमा वृद्धि भएको हो ।