Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

मेलम्ची खानेपानी आयोजनाको निरीक्षणमा:प्रधानमन्त्री देउवा

Wednesday, August 9, 2017 National Power


२५ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवासहितको टोली केहीबेरमा हेलिकोप्टरबाट मेलम्ची जाने कार्यक्रम छ । ‘प्रधानमन्त्रीले चासो दिएर जान लागेका हुन’ खानेपानीमन्त्री महेन्द्र यादवले भने,‘उनले इन्टेक ड्याम र टनेलको अवलोकन गर्नेछन ।’

मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य राखिएको थियो । तर, अब यो सम्भावना टरेको छ र अधिकारीहरुले आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास हुने बताएका छन् ।