Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डः जुना र रामकृष्ण उत्कृष्ट गायक गायिका, रत्न शमशेरलाई दीर्घ साधना सम्मान

Tuesday, August 8, 2017 National Power

साउन २३, काठमाडौं  – छैटौँ म्युजिक खबर म्युजिक अवार्ड आइतबार राजधानीमा सम्पन्न हुँदै गर्दा गायिका जुना प्रसाईं र गायक रामकृष्ण ढकाल उत्कृष्ट गायक गायिका बन्न सफल भए । जुनाले नजरमा तिम्रो गीतबाट अवार्ड चुम्न सफल भएकी हुन् भने रामकृष्णले म लडेको मात्र गीतबाट अवार्ड चुमेका हुन् भने डाँडैमा विजुली बोलको लोकदोहोरीले नवगायिका कल्पना सुनुवार, निर्देशक प्रकाश भट्ट र पपुलर अवार्ड शंकर बिसीले चुम्दै ह्याट्रिक गर्न सफल भयो ।

गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा लोक, पप, आधुनिक, चलचित्र, संगीत, म्युजिक भिडियो अभिनय, नवप्रतिभालगायतका विभिन्न ३४ विधामा अवार्ड प्रदान गरिएको थियो ।

म्युजिक खबर डटकमको आयोजनामा हँुदै आएको अवार्ड समारोहमा वरिष्ठ गीतकार रत्नशमशेर थापालाई २५ हजार पाँच सय ५५ नगद राशिसहित म्युजिक खबर दीर्घसाधना सम्मान प्रदान गरियो । कार्यक्रममा म्युजिक खबर दशक श्रष्टा सम्मान गायक शिशिर योगी र गायिका सत्यकला राईलाई प्रदान गरियो । त्यसैगरी, बालप्रतिभा प्रोत्साहन सम्मान बालगायक बेगेन्द्र बुढाले प्राप्त गरे । म्युजिक खबर डायस्पोरा संगीत सम्मानबाट गायक बुद्धिमान घिसिङलाई सम्मानित गरियो । पाँच हजार पाँच सय ५५ नगद राशिको म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार डा। नवराज लम्साललाई प्रदान गरियो । म्युजिक खबर युवा प्रतिभा पुरस्कारबाट पदमबहादुर रोकाया सम्मानित भए भने म्यूजिक खबर उद्योगी सम्मानबाट फेसियल हाउसकी संचालिका सुष्मा महरालाई सम्मान गरियो ।

राष्ट्रिय नाचघर, जमलमा आयोजित अवार्ड कार्यक्रममा गृहमन्त्री शर्माले गीत–संगीतमा निकै शक्ति रहेको धारणा राखे । उनले गीत–संगीत राजनीतिभन्दा माथि रहेको बताउँदै राष्ट्रभक्तिमा उत्साह जगाउने अभियानमा गीत–संगीतले ठूलो भूमिका खेल्ने दाबी गरे । देशको कला, संस्कृतिलाई उजागर गर्न कलाकारले गरिरहेको योगदान अतुलनीय रहेको उनले बताए । विभिन्न कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेर रौनक बढाएको कार्यक्रममा संगीतकर्मीको बाक्लो उपस्थिति थियो । विगतका वर्षमा झैँ आफूहरूले यसपालि पनि अवार्ड प्रदान कार्य भव्यताका साथ सम्पन्न गरेको अवार्ड आयोजक संस्थाका प्रमुख सुमन वैरागीको दाबी छ ।

अवार्डलाई संचारकर्मी निराजन भण्डारी र गायिका मन्जु पौडेलले संचालन गरेका थिए भने आरती एण्ड कम्पनीले प्रायोजन गरेको थियो । सहप्रायोजकमा सांग्रीला डेभलपमेन्ट बैंक लि।, फेसियल हाउस, आलाप डिजिटल रेकर्डिङ स्टुडियो रहेका थिए । कार्यक्रममा अवार्ड चुम्ने सम्पूर्ण विजेतालाई फेसियल हाउसको तर्फबाट डिस्काउन्ट कार्डसहितको कुपन प्रदान गरिएको थियो । अवार्डलाई न्यूज २४ टेलिभिजन र मिर्मिरे रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।