Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

भरतपुर नवनिर्वाचित प्रमुखको पहिलो निर्णयः महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा

Monday, August 7, 2017 National Power

२३ साउन, चितवन – भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेकी छन् ।

प्रमुख दाहालले जिल्लाको सरकारी अस्पताल भरतपुरमा उपचारका लागि आउने महिला र ६० वर्ष नाघेका पुरुषको टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन् ।भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ५५ हजार बिरामीले बहिरंग सेवा लिएका थिए । तीमध्ये ५५ प्रतिशत महिला र ज्येष्ठ नागरिक रहेको अस्पताल विकास समितिका सदस्यसमेत रहेका भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए । जसका लागि वार्षिक रु ४१ लाख हाराहारी खर्च हुने उनको भनाइ छ ।

साठी वर्ष तलका महिलालाई बहिरंग टिकट शुल्क रु ३० लाग्दछ भने ज्येष्ठ नागरिकलाई रु १५ लाग्दछ । प्रमुखले पहिलो सदर गरेको निर्णयमा बिरामीको सङ्ख्या बढ्न सक्ने भन्दै वार्षिक रु ५९ लाख ४० हजार खर्चको अनुमोदन गरिएको छ ।सो निर्णयको अनुमोदन गर्दै प्रमुख दाहालले महिलाको स्वास्थ्यका समस्यालाई आफूले राम्ररी बुझेको भन्दै महिलालाई उपचारको पहुँचमा ल्याउन बहिरंग टिकट निःशुल्क गरिएको बताइन् ।