Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

जिसस डडेल्धुरामा काँग्रेसको प्यानल निर्विरोध

Monday, August 7, 2017 National Power

२३ साउन, डडेल्धुरा – डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति नेपाली काँग्रेसको प्यानल निर्विरोध चयन भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका गणेश भट्टको प्यानल पूरै निर्विरोध भएका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । उपप्रमुखमा परशुराम नगरपालिकाबाट रत्ना कामी उपसंयोजकमा मनोनीत भएका छन् । अन्य दलहरुले उम्मेदवारी नदिएपछि नेकाको पूरै प्यानल विजयी भएको हो ।

पहिलो जिल्ला सभामा भएको सहमतिअनुसार प्रमुखमा भट्ट र उप्रमुखमा कामी गरी महिला सदस्य तीन, दलित वा अल्पसङ्ख्यक सदस्य एक, खुला सदस्य तीनजना गरी नौ सदस्यीय समिति सर्वसम्मत भएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जानकारी दिए।सर्वसम्मत मनोनीत भएका संयोजकलगायत सवैलाई २६ गते प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । २२ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रमअनुसार अन्य दलले मनोनयन दर्ता नगर्दा नेकाको पूरै प्यानल सर्वसम्मत भएको घोषणा गरिएको हो ।