२३ साउन, बर्दिया – बर्दियाको भुरीगाउँ ठाकुरद्धारा सडकखण्ड अन्तर्गत पर्ने ओराही खोलामा बाढी आउँदा आइतबार दुई वटा ट्याक्टर खोलामा डुबेको छ ।
ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजारबाट बकुवा बजारमा पसलको सामान लिए जाँदै गरेको गगन सुनारको भे १ त ६७०७ र नारायण सापकोटाको ७०१७ नम्बरको ट्याक्टर डुबेको स्थानीय बासिन्दाले जानकारी दिए ।बजारबाट सामान लिएर जाँदै गर्दा खोलामा ट्याक्टर डुबेको र झण्डै दुई लाख मूल्य बराबरको पसलको सामान पनि नष्ट भएको छ । खोलामा बाढी घटेलगत्तै स्काभेटरको सहयोगबाट ट्याक्टर निकाल्ने तयारी भैरहेको छ ।