Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

लेक लागेर वडाध्यक्षको मृत्यु

Sunday, August 6, 2017 National Power


२२ साउन, बाजुरा – बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको ज्यान गएको छ ।
वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८ः३० बजे बाटामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
बोहराको शव हेलिकप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ । गत असार १४ स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बोहरा तरुण दल अछामका उपाध्यक्षसमेत थिए ।