२२ साउन,काठमाण्डौँ – त्रिभुवन विश्वविद्यालयका नौ जना विद्यार्थीले ल्याए साथी सधैँ एल्वम लिएर आएका छन् । ‘फ्रेन्डसिप डे’को अवसर पारेर नौ जना गायक गायिकाको स्वर भएको ‘साथी सधैँ’ लोर्कापण भएको हो । शुक्रबार त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रिय विभागको हलमा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा र विशिष्ठ अतिथि मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. शिवलाल भुसाललगायत अतिथिले एल्वमको लोकार्पण गरेका छन् ।
त्रि.वि.ललितकला केन्द्रिय विभागबाट स्नातकोत्तर गरेका तथा गरिरहेको गायक÷गायिकाहरुको स्वर रहेको यस एल्वम लोर्कापण कार्यक्रमको सभापति विभागका विभागिय प्रमुख तथा वरिष्ठ सितार वादिका ज्ञानुराधा गोर्खालीले गरेका थिए । सार्वजनिक ‘साथी सधैँ’ मा नौ वटा गीतहरु सङ्ग्रहित गरिएको छ ।
यस एल्वमको शिर्ष गीत साथी सधैँ।।। लाई शंकर ज्वालले लेखेका हुन भने एल्वममा आवद्ध सम्पूर्ण गायक–गायीका साथै सङ्गीतकार सुरेन्द्र श्रेष्ठले स्वर दिएका छन् ।
एल्वममा प्रितको कुरा।।।’ छल्किएर बग्ने आँशु।।।, त्यो लोभी नजर।।।, कसरी हास्न।।।, सम्हाल्न खोज्छु।।।, झरेर गैगो।।।, देखेर नि।।।, नलुकाइ मनका कुरा जस्ता गीतरहेका छन् । जसमा बेनुका राई, सुरेन्द्र श्रेष्ठ, रोशन अनुराग राई, भुपु पाण्डे, शर्मिला गिरी, उर्मिला गुरुङ, प्रकाश गुरुङ, रुपकमल क्षेत्री, गोकुल लेछर्बो लिम्बू, भागिरथ दहाल, गंगा लामा, अञ्जु श्रेष्ठ, जितेन्द्र चौधरी, विष्णुबहादुर सिंह, नरेन्द्र वियोगी, दिपेश सिंह, रुपमसिंह गुरुङको शब्द, सङ्गीत र स्वर रहेको छ ।
कार्यक्रममा एल्वमको शिर्ष गीत साथी सधैँ।।।को भिडियो पनि सार्वजनिक गरिएको थियो । अम्रित सुनुवारले निर्देशन, विकाश धमालले सम्पादन, अभय बज्रचार्यले छायाँकनगरेका छन् भिडियोलाई । एल्बमका गायक गायिका त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रिय विभागकै उत्पादन भएकोले एल्वम विक्रिबाट प्राप्त आम्दानीको ६० प्रतिशत गुरु दक्षिणा स्वरुप ललितकला केन्द्रिय विभागलाई प्रदान गर्ने पनि उक्त अवसरमा घोषणा गरिएको थियो । अतिथिहरुले एल्वमका गीतहरु निक्कै राम्रा रहेकोले सम्बन्धित सबैको प्रशंसा गरेका थिए ।
विमोचित एल्वमको बजार व्यावस्थापन सुर मेलोडी रेकर्डिङ स्टुडियोले गरेको छ । विमोचन कार्यक्रमको संयोजन ललितकला डवलिले गरेको थियो ।
गिता अधिकारी