Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सहमति

Sunday, August 6, 2017 National Power


२२ साउन – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि बसेको सुरक्षा परिषद बैठकमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको लगानीमा पनि कटौती हुनेछ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सुरक्षा परिषद बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । उत्तर कोरियामाथि लागेको नयाँ प्रतिबन्ध कुनै पनि देशमाथि लागेको अहिलेसम्मकै सबैभन्दा कठोर रहेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताए ।

उत्तर कोरियाले गएको जुलाईमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले ती मिसाइलको सफल परीक्षणपछि अब अमेरिकाको सबै मुख्य क्षेत्रमा आफूले मार हान्न सक्ने दाबी गरेको थियो ।