Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

अन्तत:नेकपा माओवादी केन्द्र र कांग्रेसकी साझा उमेदवार दाहालको नै जित

Sunday, August 6, 2017 National Power


२२ साउन, चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेसकी साझा उमेदवार रेणु दाहाल विजयी भएकी छन् । उनले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई पराजित गर्दै मेयर पदमा विजयी भएकी हुन् । भरतपुर वडा नम्बर १९ को मतगणना भैरहेको बेला जेठ १४ गते मध्येराति नेकपा माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको चुनावी मोड बदलिएको थियो ।
त्यसबेलासम्म नेकपा एमालेका उमेदवार देवी ज्ञवालीको जित लगभग पक्का जस्तै देखिएको थियो ।
तर सुनियोजित रुपमा मतपत्र च्यातिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेर निर्वाचन आयोगमा पठाएको थियो ।अनुसन्धानपछि निर्वाचन आयोगले भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई कार्यकर्ता सर्वोच्च अदालतमा पुगेका थिए ।
उनीहरुले निर्वाचन आयोगको निर्णय खारेज गर्दै पुनः मतगणनाको माग गरेका थिए ।
तर सर्वोच्च अदालतले पनि निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै पुनः निर्वाचन गराउन सक्ने फैसला गरेपछि शुक्रबार पुनः मतदान भएको थियो ।