२० साउन, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ कक्षाको नतिजा प्रकाशन गरेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिएका छन । गतवर्ष ७३.४४ प्रतिशत उत्तीर्ण भएका थिए ।
बैशाखमा सञ्चालित परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएका मध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा दिनेमध्ये १७ जनाको परीक्षा रद्द गरिएको बतासले बताए ।
त्यस्तै आंशिकतर्फ ४३.५९ प्रतशित विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ९ हजार ४ सय ८९ जना सहभागी भएकोमा ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् भने ३ जनाको परीक्षा रद्द गरिएको बतासले बताए ।