Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

हामी बंगलादेश भन्दा माथि छौँ– दिलिप नाथ

Friday, August 4, 2017 National Power

दिलिप नाथ , सदस्य, राष्ट्रिय क्रिकेट टिम

सुदुरपश्चिमको डडेलधुराबाट झरेका पिता चेतराज नाथ महेन्द्रनगरमा थोक व्यापारमा तल्लिन थिए । पिताकै व्यापारको कारण परिवारले खाना लाउनमा खासै दुख काट्नु परेन । दिउँसो स्कुल जाने एउटा ठिटो विहान बेलुका पिताको व्यापार ध्यान देलान भन्दा बल व्याट बोकेर कुदिहाल्थे क्रिकेट खेल्न । तिनी थिए, हाल राष्ट्रिय क्रिकेट टिमका सदस्य दिलीप नाथ ।

सुदुरपश्चिम यसै पनि नेपाली क्रिकेटको उर्वर भुमी मानिन्छ । त्यहाँका हर केटाकेटीहरु फुर्सदको समयमा व्याट बल बोकेर खुला चौरमा दोडिन्छन्, क्रिकेट खेल्नको लागि । यता टेलिभिजन र पत्रपत्रिकामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का छाइरहँदा एक दिन आफु पनि पारस खड्का जस्तै बन्ने सपना बुनेर उनै दीलीप पनि त्यही केटाकेटीको हुलमा मिसिन्थे ।

हरेक आमाबाबुको चाहाना आफ्नोे छोराछोरीले भविष्य सुरक्षित हुने बाटोतिर लागुन भनेर सोचेजस्तै उनको परिवारबाट पनि पहिला क्रिकेटमा त्यती सर्पोट भएन । पिताले खासै अवरोध नगरेपनि आमाले भने क्रिकेटमा भविष्य छैन पढकी पढ उनलाइ कर लगाउथिन् । तर घरबाट क्रिकेट खेल्न बाबाको कुनै अवरोध थिएन भने दिदी अमृता नाथले पुरा सहयोग गरेकी थिइन । भाइको चाहना बुझेरनै उनले भाइलाइ क्रिकेट खेल्न संधै प्रोत्साहन गरिरहिन् । जस्को फलस्वरुप उनी सन् २०१४मा राष्ट्रिय यु–१९ प्रतियोगिताको लागि सुदुरपश्चिमबाट टिममा परे । त्यस प्रतियोगितामा काठमाडौँ विरुद्ध ७४ बलमा १२३ रन बनाएपछि भने उनको क्रिकेटमा अगाडि बढ्ने ढोका अझ खुला भएर गयो ।
काठमाडौँ विरुद्धको उत्कृष्ट प्रदर्शनपछि यु–१९ राष्ट्रिय टिममा परिन्छ की भन्ने उनको आशा निराशामा परिणत भयो । तर उनले हिम्मत हारेनन्, आफ्नोे क्रिकेट अभ्यासलाइ निरन्तर जारी राखे । पछिल्लो समय राजधानीमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा सगरमाथा लिजेण्डबाट खेलेका उनी विभागीय टिम नेपाल प्रहरीको क्रिकेट टिमका नियमित सदस्य पनि हुन । नेपाल प्रहरीको टिमबाट र इपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी पहिलो पटक राष्ट्रिय टिममा परे र इमर्जिङ एसिया कपमा भाग लिए । उक्त प्रतियोगिता अन्तर्गत टेष्ट मान्यता प्राप्त राष्ट्र बंगलादेश विरुद्ध डेब्यु गरेका उनले ४२ रनको उत्कृष्ट पारी खेले ।


एउटा टेष्ट राष्ट्र विरुद्ध खेल्दाको अनुभव सुनाउँदै उनी भन्छन् “उनीहरु र हाम्रो खेल स्तरमा खासै फरक छैन, खाली अनुभवको कमीमात्र हो ।” अझ उनले एक स्टेप अगाडि बढेर भने “पोटेन्सियलको हिसाबले उनीहरुभन्दा हामी अब्बल छौँ ।”

अबको केही महिना पछि नेपाल वल्र्ड क्रिकेट लिग अन्तर्गत नेपालले हंगकंग र युएइसंग खेल्नेछ । यस्तोमा उनको पहिलो प्रयास भनेको सोही प्रतियोगितााको लागि टिममा पर्नुछ । यसको लागि प्रत्येक दिन पसिना बगाइरहेका छन् । उनी भन्छन् “टिममा धेरै कम्पिटिसन छ, लरोतरो तरिकाले टिममा पर्न गाह्रो छ, त्यसको लागि मिहेनत गरिरहेको छु, सायद समय र भाग्यले साथ दिएमा परिन्छ होला ।”
आफ्नो सपना भनेकै नेपाललाइ एकदिवसिय मान्यता दिलाउने रहेको बताउने दिलीप नाथले टिमलाइ आवश्यक पर्दा जस्तोसुकै भुमिका निभाउन पनि आफु सक्षम रहेको बताए ।

उनको सपना पुरा होस र नेपाली क्रिकेटलाइ अझ माथि पु¥याउन उनको महत्वपुर्ण योगदान होस्, हाम्रो तर्फबाट दिलीप नाथलाइ शुभकामना ।